20.6 C
Nepal
Tuesday, September 17, 2024

लगातार घटेको सेयर बजार प्राबिधिक रुपमा हेर्दा कस्तो देखिन्छ ? अब के होला बजार – प्राबिधिक विश्लेषण

आज पनि सेयर बजार करिब २९ अंकले घटेर बन्द भयो । बजार घट्दा आज कारोबार रकम भने हिजो भन्दा बढेको देखिन्छ ।

प्राबिधिक रुपमा हेर्दा डेली बेसमा बियरिस मारुबुजु क्यान्डल बनेको देखिन्छ जसले बजार अझै घट्न सक्ने सङ्केत देखिन्छ ।

म्याक्डीमार्फतलाई आधार बनाएर हेर्दा बियरिस क्रसओभर अहिले पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै हुँदै गएका छन्।

आरएसआई डेली बेसमा ओभरसोल्ड जोन नजिकै पुगेको छ । यसले बजार जुन सुकै बेला फर्किन सक्ने सङ्केत गर्छ । परन्तु बजार आरएसआइको ओभर सोल्ड जोन ३० भन्दा मुनी २० र एक पटक १२ को बिन्दु सम्मनी पुगेको ईतिहास देखिन्छ त्यसैले यसै भनी हाल्ने स्थिती चाँही छैन ।

पिभटमार्फत हेर्दा बजारको अबको सपोर्ट पहिलो १९२८ , दोश्रो १९०८ र बलियो सपोर्ट १८९० मा देखिन्छ ।

बढेमा भने बजारले क्रमशः १९९७, २००९ र २०२८ को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ।

समग्रमा प्राबिधीक रुपमा हेर्दा बजार १९०० को आसपासबाट फर्किनु पर्ने देखिन्छ । तर बजार यो एरियाबाट पनि फर्किदैन भने चाँही गम्भिर हुनु पर्नेछ ।

यदी तपाईं प्राबिधिक एनालाइसिसलाई मान्नु हुन्छ भने बजारले कन्फर्मेसन दिएपछी मात्र बजार छिर्नु उचित हुन्छ ।

नोटः सेयर बजार जोखिमको क्षेत्र हो । यसका आधारमा लगानी नगर्नुहोला । लगानी गर्नु अघी आँफैले अध्ययन अनुसन्धान गर्नुहोला ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here