6.9 C
Nepal
Monday, December 23, 2024

नेपाल र भारतबीच ‘क्रस बोर्डर’ क्यूआर मार्फत एक अर्को देशमा भुक्तानी सेवा थालिदै

नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा चाडै सुचारु हुने भएको छ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को शाखा एनआईपीएल मिलेर क्रस बोर्डर भुक्तानी सेवा दिने गरी सम्झौता भएको छ ।

यसले दुवै राष्ट्रका नागरिकलाई एकअर्काको देशको मोबाइल एपको सहयोगमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेका छन ।

केही प्राविधिक कामको एकीकरण प्रक्रिया सकिन बाँकी रहेको छ । यो सकिएपछी नेपालीले भारतमा र भारतीयले नेपालमा आफ्नो मोबाइल एपको प्रयोग गरेर सजिलै भुक्तानी गर्न सक्ने छन । यसबाट धेरै नागरिक र ब्यबसायीले लाभ उठाउन सक्नेछ्न ।

यसले प्रविधिको प्रयोग गरी वित्तीय सम्पर्क अभिवृद्धि गर्ने तथा दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको बिकास तथा बिस्तारमा सहयोग गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here