20.6 C
Nepal
Thursday, September 19, 2024

राष्ट्र बैंकको १२ करोडको नितिले सेयर बजार घट्यो, लगानिकर्ता डुब्न दिन्न : अर्थमन्त्री

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूसँगको ‘प्रश्नोत्तर’ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले सेयर बजारमा लगाएको ४- १२ करोडको नीतिले सेयर बजार घटेको र यसलाई हटाउन आबस्यक सम्बाद भईरहेको बताएका छन ।

अर्थमन्त्री महतले राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४- १२ करोडको निति सेयर बजार घट्नुको मुल कारण भएको बताएका हुन् । सेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनले लगानिकर्तालाई पारेको असर बारे अध्ययन गरिरहेको र १२ करोडको सिमाको बिषयमा सम्बाद भईरहेको बताएका थिए। उनले १२ करोडको सिमा हटाउन राष्ट्र बैंकसङ्ग सम्बाद भईरहेको सङ्केत गरेका थिए । उनले लगानीकर्ताहरूको लगानी डुब्न नदिने बताए ।

‘सेयर बजारमा सबैखाले मानिसहरूले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्न कानुनले छुट दिएको छ । शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेसा व्यवसायलगायतमा सबैले सेयर बजारमा लगानी गर्न सक्छन् । कसैले पूर्णकालीन व्यवसायीको रुपमा लगानी गर्छन्,’ उनले थपे ‘कसैले बचेको पुँजी सेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ । यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले सेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन । सेयर कारोबारमा कोही पनि अनुचित रुपमा नलिऊन् । केही व्यक्तिहरूले सेयर कारोबारमा मेनुपुलेसन गर्न नपाऊन्, इन्साइडर ट्रेडिङ गर्न नपाउन र सूचना चुहाएर सेयर बजार प्रभावित बनाउन नपाऊन् भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ ।’

सेयर बजार घटीरहेको बिषयमा आफु जानकार रहेको र यसलाई आफुले गम्भिर रुपमा लिएको मन्त्री महतको भनाइ छ । ‘सेयर कारोबारमा मूल्य गिरावट आएको छ । त्यसको विविध कारण छन् । केही कारोबारमा राखिएका प्रतिबन्धले पनि बजार प्रभावित भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौं,’ उनले अगाडी थपे ‘हामी चाहन्छौं यो सेयर कारोबारले सहज रुप लियोस् । लगानीकर्ताहरूको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । यसलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’

सरकारले सेयर बजारलाई लगानिको एक क्षेत्र मानेको र यसको बिकासको लागि आबस्यक पहल गर्ने पनि बताएका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here