20.6 C
Nepal
Thursday, September 19, 2024

टाँट पल्टियो बेलायतको दोश्रो ठूलो सहर, अब के होला ?

बेलायतको दोस्रो ठूलो सहर बर्मिंघम सहर टाँट पल्टिएको खबर बाहिरिएको छ ।

बर्मिंघम सिटी काउन्सिलले नै यो सहर टाँट पल्टिएको घोषणा गरेको हो। एउटा सूचना जारी गर्दै काउन्सिलले नगरमा अत्यावश्यक सेवाबाहेकका अन्य खर्चमा रोक लगाइएको छ।

बेलायतको दोस्रो ठूलो सहर बर्मिंघमले सबै गैरआवश्यक खर्च रोकेको छ। कुल ९५४ मिलियनबराबर तलब दाबी जारी गरेपछि काउन्सिलले सहर उक्त तलब दिन नसकी टाट पल्टिएको हो । काउन्सिलको सूचना अनुसार समान पारिश्रमिकको दाबीका कारण हालको आर्थिक अवस्था नकारात्मक बनेको हो ।

यसलाई यसरी बुझौ, बर्मिंघम सिटी काउन्सिलले उक्त अवधिमा आफ्नो आम्दानी भन्दा बढी खर्च गरेको छ । त्यसैले यो सहरले टाँट घोषणा गर्दै अत्यावश्यक सेवाबाहेक सबै खर्चमा प्रतिबन्ध लगाएको छ।

बर्मिंघम सिटी काउन्सिलले दायर गरेको सूचनामा नयाँ समान तलब दाबीहरुको सम्भावित लागत ६५० मिलियन पाउन्ड (लगभग ८१६ मिलियन डलर) र ७६० मिलियन पाउन्ड (लगभग ९५४ मिलियन) बीचको हुनेछ भनी स्पष्ट उल्लेख छ। तर, काउन्सिलसँग उक्त तलब दिनका लागि पर्याप्त पैसा छैन ।

वर्ष २०२३–२४का लागि सहरले अब ८७ मिलियन पाउन्ड (१०९ मिलियन डलर) को घाटा हुने अनुमान छ।

बेलायतको यो सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरले गत वर्ष राष्ट्रमण्डल खेलकुद आयोजना गरेको थियो। अहिले यस खबरले सबैलाई अचम्मित तुल्याएको छ । ७६० मिलियन पाउन्डसम्मको तलब भुक्तानी गर्नु पर्ने भएपछी सिटी काउन्सीलले सरकारसँग वार्ता गरिरहेको जनाएको थियो।

जुनमा बीबीसीको प्रतिवेदनमा यो बिल सेवाहरुमा हुने सम्पूर्ण वार्षिक खर्चबराबर रहेको र हरेक महिना १ करोड ४० लाख पाउन्डले बढ्दै गएको पनि उल्लेख गरेको थियो।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बर्मिंघम सिटी टाँट पल्टिएको खबरमा आफ्नो धारणा राख्दै यो अवस्थाका लागि श्रम प्रशासनलाई जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीका प्रवक्ता म्याक्स ब्लेनले बर्मिंघमका जनताका लागि यो निकै चिन्ताजनक अवस्था भएको बताएका छन् । सरकारले आफ्नो बजेटको करिब १० प्रतिशत काउन्सिलहरुका लागि थप रकम उपलब्ध गराउँदै आएको छ। तर, स्थानीय रुपमा निर्वाचित काउन्सिलहरुले आफ्नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ। –एजेन्सी

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here