20.3 C
Nepal
Friday, September 20, 2024

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुला,प्रतिकित्ता रु. ५० पर्ने

आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि हाथवे इन्भेस्टमेन्ट नेपालले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । त्यसको १२.५० प्रतिशतले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

यस कम्पनिले ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।

त्यस्तै, कम्पनिले १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई र कम्पनिले २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ ।

अब सर्बसाधारण लगानिकर्ताले २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

यस कम्पनिको आईपीओमा लगानिकर्ताले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन पाउने ब्यबस्था मिलाईएको छ ।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते बैंकिङ समयपछि हुनेछ।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here