9.9 C
Nepal
Monday, January 20, 2025

सिटिजन्स लाइफको आइपीओ खरीद गर्ने आज अन्तिम दिन

आज सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ जारी गरेको यस कम्पनिको आइपिओ यस अघी नै ओभरसब्सक्राइब्ड भइसकेको छ ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आइपीओ निश्कासन गरेको हो । कम्पनिले अंकित मुल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर कुल रु. २४४ प्रतिकित्ताका दरले आइपिओ निस्कासन गरेको हो ।

कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको कम्पनीले ११ लाख २५ हजार कित्ता विदेशमा काम गर्ने नेपालीका लागि, ५ लाख ६२ हजार ५०० कम्पनीका कर्मचारीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता नै म्युचुअल फण्डहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सर्वसाधारणका लागि निश्कासन गरेको हो ।

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबारसम्म ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता माग गर्दै आवेदन दिएका छन् । यसरी यो आइपिओ १.३८ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here