24.4 C
Nepal
Monday, September 16, 2024

१० हजारको लगानी ३०० करोड भयो, यस्तो पो प्रतिफल !

नयाँदिल्ली । कोटक महिन्द्रा बैंकको सेयरको मुल्य केही समयमा २२ हजार प्रतिसतले बढेको छ । फेब्रुअरी ६, २००३ देखि हालसम्म २२,००० प्रतिशतले बढेको छ। उक्त दिन यस निजी सस्थाले बैंकिङ लाइसेन्स पाएको थियो।

बैंकिङ इजाजतपत्र प्राप्त गर्ने पहिलो भारतीय एनबीएफसी कम्पनी बनेको यस बैंकको त्यतिबेला बजार पुँजीकरण ९४७ करोड रुपैयाँ थियो । हाल यसको बजार पुजिकरण अहिले बढेर रु ३५०२६२ करोड पुगेको छ।

एसीई इक्विटीको तथ्याङ्क अनुसार हेर्दा त्यस समयमा कोटक महिन्द्राको समायोजित सेयर मूल्य रु ७.९९ थियो। तर अहिले आएर त्यसको मुल्य प्रतिकित्ता रु १७६२ अक्षरेपी एक हजार सात सय बैसठ्ठी (सेप्टेम्बर ४, २०२३ मा) रुपैयाँ रहेको छ ।

एसीई इक्विटीका अनुसार कोटक बैंकले लगानीकर्तालाई ४ पटक बोनस सेयर दिसकेको छ ।

१० हजार बन्यो ३०० करोड

कोटकले भनेका छन, “यदि तपाईंले १९८५ मा कोटक महिन्द्रा बैंकमा १० हजार रुपैयाँ लगानी गर्नुभएको थियो भने, तपाईं आज ३०० करोड रुपैयाँको मालिक हुनुहुन्थ्यो।” कोटक उक्त कम्पनिका सिईओ तथा एमडी रहेका थिए । उनले केही समय अघी नै राजिनामा दिएका छन ।

कोटकको आफ्नै कुल सम्पत्ति १४.५ बिलियन डलर छ। यसको अधिकांश कारण बैंकमा उनको २६ प्रतिशत सेयर हो ।

कोटकले ट्वीटरमा लेखेका छन -‘हामी अब विश्वास र पारदर्शिताको मूल सिद्धान्तमा आधारित अग्रणी बैंक तथा वित्तीय संस्था हौं। हामीले हाम्रा सरोकारवालाहरूको लागि मूल्य सिर्जना गरेका छौं। हामीले एक लाख प्रत्यक्ष रोजगारी दिइरहेका छौं। हाम्रो कम्पनीमा सन् १९८५ मा भएको १०,००० रुपैयाँको लगानी आज ३०० करोड रुपैयाँ भएको छ ।’

तपाईं पनि लगानी गर्दा हल्लाको भरमा , कसैको लहैलहैमा भन्दा कुनै राम्रो कम्पनी जसले राम्रो प्रतिफल दिन्छ , त्यसमा लगानी गर्नोस र आफ्नो लगानीबाट राम्रो प्रतिफल पाउनुहोस् । लगानी गर्दा मुल्य तल आएको बेला गर्नुस् र पर्खनुस् । पिक प्राइसमा कहिल्यै सेयर नकिन्नुस् । हल्ला मान्छेले त्यतिखेर गरेका हुन सक्छ्न , जतिखेर उनिहरुले बेच्ने बेला भएको हुन सक्छ , त्यसैले त्यस्ता हल्ला बाट बच्नुस् ।

एजेन्सीको सहयोगमा

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here