11 C
Nepal
Friday, January 17, 2025

जनकपुरमा आज पनि एसिया कप हेर्न २ बजेपछि विद्यालयलाई बिदा दिईयो

नेपाल र भारतबीचको क्रिकेट म्याच खेल हेर्न आज दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदाको घोषणा गरिएको छ । आज एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतगत नेपालको दोश्रो खेल हुँदै छ ।

एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आज दिउँसो २ बजेदेखि उपमहानगरभित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।

‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि बिदा दिईएको थियो ।

उक्त खेल नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजेदेखि हुनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here