19.9 C
Nepal
Sunday, September 28, 2025

डिम्याट खाता नवीकरण नगरेकाहरुले आज बाट आईपीओ भर्न नमिल्ने, मेरो सेयर नखुल्ने

spot_imgspot_imgspot_img

आज भदौ १७ गतेबाट डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नचल्ने भएको छ।

गत साउन १६ गते एक सूचना जारी गर्दै सीडीएससी एन्ड क्लियरिङले डिम्याट खाता नवीकरण गर्न लगानिकर्तालाई भदौ १५ गतेसम्मको म्याद दिएको थियो। यस अबधिमा डिम्याट खाता नबिकरण गरिसक्नु भन्ने सुचना जारी गरेको थियो ।

सीडीएससीले तोकिएको अबधिमा डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ खोल्न नमिल्ने बनाएको छ । डिम्याट खाता नवीकरण नभएका सेयरधनीहरुले ‘मेरो सेयर’ खोल्ने प्रयास गर्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश आउन थालेको छ ।

अब आफ्नो डिम्याट खाता नवीकरण नगरदासम्म मेरो सेयर खुल्ने छैन , त्यस्तै लगानिकर्ताले आईपीओ, हकप्रदलगायतका साधारण सेयर भर्ने अधिकारबाट पनि बन्चित हुनेछन ।

यदी तपाईंको पनि, ‘मेरो सेयर’ खोल्ने प्रयास गर्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश आउछ भने तुरुन्तै डिम्याट खाता नबिकरण गर्नु होला ।

डिम्याट खाता अनलाइनबाट नबिकरण गर्न सकिन्छ । यसका लागि तिर्नुपर्ने शुल्क अनलाइन बाट भुक्तानी गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here