काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिबाट महानगरको कुनै पनि गाडी केन्द्र सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै बालेनले हालको सरकारलाई ‘चोर’को संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको लागि केही भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने । सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’