हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढी आवेदन परेको छ।
यस ‘हिमालयन ८०–२०’ को कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका छन । आज आबेदन दिने अन्तिम दिन रहेको यो योजना साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो।
यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरेकोमा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको थियो ।
सीडीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो योजनामा ४६ हजार १४१ आवेदकबाट कुल ९ करोड १४ लाख ६१ हजार ८२० इकाइ माग भएको छ। जुन मागभन्दा १.०८ गुणाले बढी हो।
हिमालयन ८०–२० बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्षको रहेको छ।
यस योजनाको कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी र २० प्रतिसत सक्रिय लगानी गर्ने गरी सञ्चालन गर्ने योजना रहेको छ ।