19 C
Nepal
Monday, January 13, 2025

डेढ अर्बको आईपीओ ल्याउदै बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानले नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ ।

संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गरी आईपीओ निष्कासन गर्ने तयारी संस्थानको रहेको छ।

आईपीओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।

बीमा प्राधिकरणले तोकेबमोजिम संस्थानले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ। आइपिओपछी अपुग ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ संस्थापक सेयरधनीबाट उठाउनेछ ।

हाल यस कम्पनिमा राष्ट्र बैंकको ५५.५६ प्रतिशत, अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत हिस्सा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here