20.3 C
Nepal
Friday, September 20, 2024

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजार भाग्यमानी आवेदकले पाए सेयर

आज शुक्रबार (भदौ १५ गते) सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरिएको छ।

आइपीओ बाडफाड बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउदा ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

यस कम्पनीको आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो।

आइपिओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट ,सीडीएससीको iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here