20.3 C
Nepal
Friday, September 20, 2024

ब्याजदर ११८ प्रतिसत हुँदा पनि सेयर बजारको चमत्कार, ब्याजदर ३७ बाट ११८ प्रतिसत पुग्दा ३५३ प्रतिसतले बढ्यो अर्जेन्टिनाको सेयर बजार

अर्जेन्टिनाको सेयर बजारमा एउटा अनौठो घटना भएको पाइएको छ । यो देखेर अर्थसास्त्री र सेयर बजारका जानकार समेत अचम्मित भएका छन । सेयर बजारमा सामान्य नियम के हो भने ब्याजदर बढ्दा सेयर घट्छ र ब्याजदर घट्दा सेयर बजार बढ्छ ।

तपाईं हामीले बुझ्दै आएको र देख्दै आएको पनि यस्तै हो । तर ब्याजदर जती बढ्यो त्यती नै सेयर बजार बड्छ भन्दा तपाईं पत्याउनु हुन्छ ? अह ! पत्याउनु हुन्न । तर अर्जेन्टिनामा यस्तै नपत्याउने घटना भएको छ । त्यहा जसरी ब्याजदर बढ्यो, त्यसरी नै सेयर बजार पनि उकालो लागेको पाईएको छ ।

यो देखेर सेयर बजारका जानकार र अर्थशास्त्री समेत हैरान भएका छन ।

अर्जेन्टिनामा अहिले ब्याजदर ११८ प्रतिसत रहेको छ । यो अङ्क हेर्दा तपाईंलाई लाग्ला कि सेयर बजारको हालत अत्यन्तै खराब होला , तर होइन , तपाईंलाई अर्जेन्टिनाको सेयर बजारले गलत साबित गरिदिन्छ । यो देशमा जती ब्याज बढ्यो, त्यसरी नै सेयर बजार बढेको देखिन्छ ।

सन २०२२ सेप्टेम्बर ७ मा १ लाख सट्चालिस हजार छ सय ७ (१,४७,६०७) को बिन्दुमा रहेको सेयर बजार अहिले ६ लाख अठसठठी हजार नौ सय चउन्न (६,६८,९५४) को बिन्दुमा रहेको छ । यो लगभग ३५३ प्रतिसतको बढोत्तरी हो ।

ब्याजदरको कुरा गर्दा, सन २०२० मा २० प्रतिसत हाराहारी रहेको ब्याजदर सन २०२२ मा ३७ प्रतिसत हाराहारी रहेको थियो त्यसपछी ब्याजदर निरन्तर बढ्दै हाल ११८ प्रतिसत हाराहारी देखिन्छ । त्यसरी निरन्तर ब्याजदर बढ्दा सेयर बजार पनि उस्तै गतिमा बढेको अनौठो वास्तविकताले सबैलाई अचम्मित बनाएको छ ।

बेदेशी हेज फण्डले सस्तो मुल्यमा अर्जेन्टिनाको ईक्विटी किनेकाले त्यहाको सेयर बजार बढेको अनुमान गरिएको छ ।

यो हेर्नुस्

अर्जेन्टिनाको ब्याजदरको बढाइ चित्रमा हेर्नुस् (Deposit interest rate )

त्यही समयमा अर्जेन्टिनाको सेयर बजार उकालो लागेको पनि चित्रमा हेर्नुस्

यो सामाग्री तयार पार्दा ट्रेडिङ ईकोनोमिक्सको सहयोग लिईएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here