14.8 C
Nepal
Thursday, March 13, 2025

श्रीनगर एग्रिटेकको १३ लाख कित्ता आईपीओ आउँदै

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ ल्याउने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँको कुल १३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

श्रीनगर एग्रिटेक कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा बिधिवत दर्ता भएको नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो।

कम्पनिले श्रीनगर एग्रो फार्मअन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्ने कार्य गर्छ । त्यस्तै सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट दाना तथा आहारको उत्पादन गर्छ । कम्पनीको शुद्धोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म रहेको छ । त्यस्तै पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा गरिरहेको छ।

बुटवलमा वधशालाको स्थापना गर्ने कम्पनिको योजना गरेको छ। त्यस्तै प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकलाई कृषिखेती, पशुपन्छी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here