23.7 C
Nepal
Friday, September 20, 2024

नेप्सेको सबै भन्दा ठूला टप १० कम्पनी कुन कुन ?

हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।

धेरै पूँजीकरण भएका १० कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन् ।

हाल नेप्सेमा सुचिक्रित भएर कारोबारमा रहेका कम्पनिहरुमध्ये बजार पुजिकरणमा आधारमा हेर्दा पहिलो स्थानमा नबिल बैंक रहेको छ भने दोश्रो स्थानमा नेपाल टेलिकम रहेको छ । त्यस्तै दशौ स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको देखिन्छ ।

1.नबिल बैंक

नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ६३ करोड छ ।

2.नेपाल टेलिकम

बजार पुजिकरणमा आधारमा हेर्दा दोश्रोमा सबै भन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ५७ अर्ब बजार पूँजीकरण छ ।

3.नागरिक लगानी कोष

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा तेश्रोमा नागरिक लगानी कोषको १ खर्ब ८ अर्ब बजार पूँजीकरण रहेको छ ।

4.एनआईसी एशिया बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा चौथोमा एनआईसी एशिया बैंकको ९१ अर्ब २४ करोड बजार पूँजीकरण रहेको देखिन्छ ।

5. नेपाल पुनर्बीमा कम्पनी

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा पाँचौमा नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ८३ अर्ब ४७ करोड रहेको छ ।

6. ग्लोबल आइएमई बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा छैठौमा ग्लोबल आइएमई बैंकको बजार पूँजीकरण ७४ अर्ब ६ करोड रहेको छ ।

7. एभरेस्ट बैंक लिमिटेड

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा सातौमा एभरेस्ट बैंक लिमिटेडको बजार पूँजीकरण ६४ अर्ब ९३ करोड रहेको छ ।

8. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा आठौमा नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंकको बजार पूँजीकरण ६० अर्ब ४० करोड रहेको छ ।

9. नेपाल लाइफ इन्सुरेन्स

त्यसैगरी नबौमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको बजार पूँजीकरण ५६ अर्ब ५५ करोड रहेको छ ।

10. स्ट्यान्डर्ड चार्टर्ड बैंकको

दशौमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बजार पूँजीकरण ५२ अर्ब ४२ करोड रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here