20.5 C
Nepal
Monday, September 16, 2024

हाथवे इन्भेस्टमेन्टको आइपिओ भदौ २१ बाट सर्वसाधारणका लागि आउँदै , प्रतिकित्ता रु. ५०

भदौ २१ गतेबाट हाथवे इन्भेस्टमेन्ट नेपालको आइपिओ सर्वसाधारणका लागि निस्काशन खुला हुने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

कुल कित्तामध्ये २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

त्यस्तै कुल कित्ताको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यसमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आबेदन दिने अन्तिम मिती छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते बैंकिङ समयपछि हुनेछ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here