20.3 C
Nepal
Friday, September 20, 2024

भदौ १९ बाट भिजन लुम्बिनी ऊर्जाको आईपीओ आउँदै

भदौ १९ गतेदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपिओ निस्काशन गर्न लागेको छ । कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लागि आइपिओ खुला गर्नेछ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशतले हुने १९ लाख १२ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशत बैदेशिक रोजगारिमा रहेका नेपालीका सुरक्षित गरिएको छ ।वैदेशिक रोजगारीमाम्मा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म खरिदका आबेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

स्थानीयका छुट्याईएको आइपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आबेदन दिन सक्नेछन ।

यो आइपिओमा आबेदन दिने अन्तिम दिन दुवै समूहका लागि असोज २ गतेसम्म रहेको छ । तर मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म समय थप हुनेछ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here