विद्युत नियमन आयोगबाट ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।
आयोगबाट ङादी ग्रुप पावरले १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतले १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।
अब यी दुवै कम्पनीले अब धितोपत्र बोर्डबाट अनुमति हकप्रद जारी गर्नेछन ।
त्यसैरी हकप्रदबाट प्राप्त हुने रकम आँखुखोला जलविद्युतले २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ । ङादी ग्रुप पावरले भने सिउरीखोला साना जलविद्युत आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी प्रयोग गर्ने छ ।
त्यस्तै बाँकी रकम कम्पनिहरुले बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।