22 C
Nepal
Monday, September 16, 2024

यस्तो पनि ? बुक भ्यालु ३६ भएको कम्पनीको बजार मुल्य ३७५

बजारमा कारोबार भईरहेको कम्पनीहरुमध्ये एउटा यस्तो कम्पनी पाईएको छ , जसको बुक भ्यालु ३६ रहेको छ भने बजार मुल्य ३७५ रहेको पाइएको छ ।

त्यस्तो कम्पनिको नाम नारायणी बिकास बैंक (NABBC) हो । यो कम्पनी अहिले घाटामा रहेको छ ।

घाटामा पनि यती गयो कि १०० रुपैया चुक्ता पुजीको रकम घटेर ३६ भईसकेको छ । यसको अर्थ कम्पनिले लगानिकर्ताको १०० मध्ये ६४ रुपैया गुमाइसकेको छ । अथवा घाटामा गईसकेको देखिन्छ ।

हो , यही ३६ रुपैया बुक भ्यालु भएको कम्पनी हाल बजारमा ३७५ रुपैयामा कारोबार भईरहेको पाइएको हो ।

कम्पनिको प्रतिसेयर आम्दानी ११ रुपैया नेगटिभ रहेको छ । यसको अर्थ अझै पनि १०० को लगानीमा ११ रुपैया घाटा खाइरहेको देखिन्छ ।

यस्तो कम्पनिमा सोझासाझा लगानिकर्ता फस्ने अत्याधिक सम्भाबना रहन्छ किनकी यस्तो कम्पनिको मुल्य घट्दा निकै नसोचेको तरिकाले घट्छ । त्यस्तै, ठुला लगानिकर्ताहरु यस्तो कम्पनिमा लगानी खासै गर्दैनन । लगानी गरिहाले पनी बिभिन्न हल्ला चलाएर साना लगानिकर्तालाई टोपी लगाइदिन माहिर हुन्छ्न ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here