15.6 C
Nepal
Wednesday, February 5, 2025

अबदेखी किसानलाई ७ दिनभित्र कर्जा दिनुपर्ने – बाटो नभएको जग्गा धितोको रुपमा लिनुपर्ने, नत्र कारबाही

नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच स्थापित गर्न कृषि कर्जामा खुकुलो व्यवस्था गरेको छ।

राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले, बैंक तथा वित्तीय संस्थाहरुले निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गरिसक्नु पर्ने ब्यबस्था लागु गरेको छ ।

यदी ७ दिन भित्र त्यस्तो कर्जा स्विक्रित नभएमा सोको स्पष्ट कारण खुलाई सम्बन्धित ग्राहकलाई बैंक तथा बित्तिय सस्थाले लिखित रुपमा जबाफ दिर्नुपर्ने छ।

त्यस्तै कृषि कर्जाका लागि ग्राहकले मोटर बाटो नभएको खेतीयोग्य जमिन पनि धितोका रुपमा स्विकार गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

यदी यस्तो ॠण दिन बैंकले आनाकानी गरेमा सम्बन्धित बैंकको गुनासो शाखामा वा राष्ट्र बैंकमा ग्राहकले गुनासो दर्ता गरेमा आबस्यक कारबाही अगाडि बढाउने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here