19.3 C
Nepal
Wednesday, September 18, 2024

प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय गर्‍यो, कु-कुनले कती-कती हकप्रद जारी गर्ने ?

नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ।

४ जीवन बिमा कम्पनी र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्नका लागि अनुमती पाएका हुन । जीवन बीमातर्फ एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफलाई हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको हो ।

त्यस्तै निर्जीवन बिमा कम्पनिहरुमा युनाइटेड अजोड, सानिमा जीआईसी, नेको र हिमालयन एभरेस्ट इन्स्योरेन्सले हकप्रद जारी गर्न अनुमती पाएका हुन ।

प्राधिकरणका अनुसार एसियन लाइफलाई ४२ प्रतिशत हकप्रद जारी गर्न निर्णय गरेको छ। त्यस्तै सानिमा रिलायन्स लाइफलाई २० प्रतिशत हकप्रद , सूर्यज्योति लाइफलाई १० प्रतिशत र प्रभु महालक्ष्मी लाइफलाई १० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको छ।

यसैगरी प्राधिकरणले निर्जीवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सलाई ३२ प्रतिशत हकप्रद, सानिमा जीआईसी र नेको इन्स्योरेन्सलाई समान २५–२५ प्रतिशतका हकप्रद, हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई १२ प्रतिशत हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here