27.1 C
Nepal
Tuesday, October 22, 2024

तनहुँ जलविद्युत आयोजनामा डाइभर्सन टनेलको ‘ब्रेक थ्रु

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) को ‘ब्रेक थ्रु’ भएको छ।

आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो। उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ।

आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। उनकाअनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ। आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो।

सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्रु भएको थियो। व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिने छ।

आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने छ। आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन्। पाँच सय ३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थ्रु भइसकेको छ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी भारतले गरिरहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here