23.7 C
Nepal
Friday, September 20, 2024

शिभम सिमेन्टको खुद नाफा ५६ प्रतिशत घट्यो ,आम्दानी पनि नमज्जाले घट्यो

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

शिभम सिमेन्टको आम्दानी र खुद नाफा दुबै लगानिकर्ताको अपेक्षा बिपरित धेरै घटेको देखिन्छ ।

समिक्षा अबधिमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ तर यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशत कम हो।

कम्पनिको खुद नाफा लगानिकर्ताको अपेक्षा बिपरित घटेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ कायम भएको देखिन्छ ।

समिक्षा अबधिमा प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ।

यस अबधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ।

कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here