23.7 C
Nepal
Friday, September 20, 2024

निर्धन उत्थान लघुवित्तको खुद नाफा ९९ प्रतिसतले घट्यो- प्रतिशेयर आम्दानी ४ पैसा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ करोड ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब हाराहारी गरेको देखिन्छ । यो अघिल्लो बर्षको तुलनामा ५.२१ प्रतिशत घटी हो । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २ अर्ब १४ करोड गरेको देखिछ । यो भनेको अघिल्लो बर्षको तुलनामा १०.६६ प्रतिशत घटी हो ।

सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८८ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ९.८७ प्रतिशत रहेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २४ करोडबाट बढेर ८१ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १३ पैसा घटेर ४ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १९ हजार ३८०.६८ गुणा रहेको छ।

यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा लघुवित्तले २३ अर्ब ६ करोड १५ लाख निक्षेप तथा सापटीबाट २४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here