हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
समिक्षा अबधिमा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो।
कम्पनिले बिक्री आम्दानी घट्नुको कारणबारे खुलाउदै भनेको छ – नेपाल सरकारले बजेट मार्फत गरेको अन्तः शुल्क वृद्धि, तरलता संकुचान, कच्चा पदार्थको लागमा वृद्धि, ब्याजदरमा उच्च वृद्धिका साथै उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारणले सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा कम्पनीको बिक्री आम्दानी पनि घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ४४ पैसा घटेर २७ रुपेयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।
यस कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।