18.5 C
Nepal
Tuesday, September 30, 2025

अरुण काबेलीको खुद नाफा ९९.५९%ले घट्यो, ईपियस ३ पैसा

spot_imgspot_imgspot_img

अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

अरुण काबेली लिमिटेडको खुद नाफा ९९.५९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको काबेलीले समिक्षा अवधिमा केबल ६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

काबेलीको विद्युत बिक्री आम्दानी घटेको छ। गत आर्थिक सम्म कम्पनी विद्युत बेचेर केबल ६५ करोड ३२ लाख रुपैयाँ कमाएको छ। गएको वर्ष विद्युत बिक्री आम्दानी ७२ करोड १४ लाख रुपैयाँ कमाएको थियो। आम्दानी ९.४५ प्रतिशत घटेको हो।

जेठ ३२ गते र असार २ गते रातिको अविरल वर्षापछि काबेली नदी लगायत पूर्वका सबै नदीहरुमा उच्च बाढी आई काबेली बि १ जलविद्युत आयोजनाका संरचनाहरुमा असर परेको कारण बिध्युत आम्दान घटेको कम्पनिले उल्लेख गरेको छ ।

कम्पनिको प्रति सेयर आम्दानी ३ पैसा रहेको देखिन्छ । कम्पनिको प्रति सेयर नेटवर्थ १०० रुपैयाँ ७९ पैसा रहेको छ ।

कम्पनीको जगेडा कोषमा १ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

त्यस्तै बाढीका कारण काबेली बि १ जलविद्युत आयोजनाका संरचनाहरुको नोक्सानीको क्षतिपूर्ति बापत कम्पनीले ३५ करोड ८१ लाख ५३ हजार १४ रुपैयाँ बीमा दाबी गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here