22.8 C
Nepal
Monday, February 10, 2025

एलन मस्क र मार्क जुकरबर्गबीच ‘केज फाइट’ हुने ! लाइभ हेर्न सकिने

विश्वका दुई ठूला अर्बपति पहिलोपटक रिङमा आमन–ेसामने हुँदैछन्। ट्विटर (एक्स)का सीईओ र मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गबीच ‘केज फाइट’ हुने भएको हो।

यो फाइटको लाइभ स्ट्रिम गरिनेछ। जसलाई एक्स अर्थात् ट्विटरमा हेर्न सकिनेछ। 

एलन मस्कले एक्समा यो फाइटको घोषणा गरेका छन्। यो फाइटबाट हुने कमाइको पैसा च्यारिटीमा दिइनेछ।

एलन मस्कले ट्विट गरेका छन्, ‘एलन र जुकरबर्गको युद्ध एक्समा लाइभ स्ट्रिम गरिनेछ। यसबाट हुने सबै कमाइ च्यारिटीमा दान गरिनेछ।’

यद्यपि, जुकरबर्गले आफ्नो भर्खरै सुरु गरिएको माइक्रो–ब्लगिङ प्लेटफर्म थ्रेड्समा लेख्दै एक्स पैसा उठाउनका लागि ‘विश्वसनीय प्लेटफर्म’ होइन भनेर सुझाव दिए।

टेक उद्योगका दुई ठूला दिग्गज एक–अर्कालाई हराउन प्रतिस्पर्धा गर्न थालेका छन्। मेटाले हालै एक्ससँग प्रतिस्पर्धा गर्न आफ्नो माइक्रोब्लगिङ एप थ्रेड्स लन्च गरेको छ।

थ्रेड्समा फाइटको घोषणा गर्दै मस्कको ट्विटको स्क्रिनसट साझा गर्दै जुकरबर्गले लेखेका छन्, ‘के हामीले वास्तवमा च्यारिटीका लागि पैसा उठाउन सक्ने अझ विश्वसनीय प्लेटफर्म प्रयोग गर्नुपर्दैन ?’

एलन मस्कले मार्क जुकरबर्गलाई केज फाइटको चुनौती दिएका थिए। जसलाई स्वीकार गर्दै जुकरबर्गले इन्स्टाग्राममा लेखेका थिए, ‘सेन्ड मी दि लोकसन।’

त्यसयता सामाजिक सञ्जालमा हलचल मच्चिएको छ। फाइट कहिले हुनेछ भनेर कुनै मिति तय गरिएको छैन। तर, यदि यो भयो भने यो लस भेगासमा हुने अनुमान गरिएको छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here