29.5 C
Nepal
Tuesday, March 25, 2025

नबिल बैंकको पौने ५ लाख कित्ता बढी सेयर बिक्रीमा

पौने ५ लाख कित्ता नबिल बैंकको सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्री गर्न लागिएको हो । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा इच्छुक लगानीकर्ताले खरिद आवेदन दिन पाउनेछन ।

यसअघि उक्त सेयर बैंकको संस्थापकहरुका लागि बिक्री खुला गरिएको थियो। तर, तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

मुल्य भने क्रेता-बिक्रेताको सहमतिमा हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here