11.9 C
Nepal
Monday, January 13, 2025

राष्ट्र बैंकले आज २ अर्बको ट्रेजरी जारी गर्दै – रु २४.१० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको जारी गर्ने भएको छ । त्यस्तै केन्द्रिय बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न गर्न आज साउन २२ गते बोलकबोल गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले साउन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न र ३६४ दिने ट्रेजरी बिल जारी गर्न आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १९ गते, कात्तिक २१ गते र माघ २३ गते परिपक्व हुनेछन्।

यसैगरी केन्द्रीय बैंकले ३६४ दिनका लागि थप २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिक्री भने २०८१ साउन २२ गते परिपक्व हुनेछ।

आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने जनाईएको छ । बोलकबोलमा सबै वर्गका वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here