आज सेयर बजार ३८.३७ अङ्कले घटेको छ । सेयर बजार आज १.८३ प्रतिसतले घट्दै २०५१.४७को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सुचिक्रित कम्पनीहरु मध्ये आज १८ कम्पनिको मुल्य बढेको छ भने १९७ कम्पनिको मुल्य घटेको छ ।
आज बजारमा २ अर्ब ६८ करोड भन्दा माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स , नेपाल रिपब्लिक मिडिया , कृषि बिकास बैंक , पिपल्स पावर लगायतका कम्पनिहरु रहेका छन । आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडिया आइपिओबाट नेप्सेमा सुचिक्रित भएर कारोबार सुरु भएका कम्पनिहरु हुन ।
आज बजारमा सर्बाधिक गुमाउनेहरुमा प्रोगेसिभ फाइनान्स ,अभियान लघुबित्त , सपोर्ट माइक्रोफाईनान्स, बेस्ट फाइनान्स , गणपती लघुबित्त कम्पनी लगायतका कम्पनिहरु रहेका छन ।
त्यस्तै, सर्बाधिक कारोबार गर्ने कम्पनिहरुमा सानीमा बैंक ,एभरेस्ट बैंक , एनआइसी एसिया बैंक , शिभम सिमेन्ट , ग्लोबल आइएमई बैंक लगायतका कम्पनिहरु रहेका छन ।