12.8 C
Nepal
Monday, February 10, 2025

हाथवे इन्भेस्टमेन्टको विदेशमा रहेका श्रमिकका लागि आईपीओ भर्ने आज अन्तिम दिन

आज वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ भर्ने साउन १८ गते अन्तिम दिन रहेको छ।

साउन ४ गतेबाट कम्पनीले बैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज साझ ५ बजेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यसमा बैदेशिक रोजगारिमा रहेका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद गर्न सक्नेछन्।

विदेशमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here