19.4 C
Nepal
Friday, March 14, 2025

सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्दै

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। यो कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ।

यसैगरी सर्वसाधारण लाई अङ्कित मुल्यमा १३७।५८ प्रिमियम थप गरी २३७.५८ रुपैयाँ आईपीओ जारी गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेकालाई समेत सोही मुल्य कायम गरिएको छ ।

उत्पादन तथा प्रशोधन समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here