21.9 C
Nepal
Sunday, February 9, 2025

काेशीमा गठबन्धनबिच भागवण्डा मिल्याे , सभामुख छाडेका बाबुराम अर्थमन्त्री

सत्तारुढ गठबन्धनबिच काेशी प्रदेशमा सरकारमा जानका लागि भागबन्डा मिलेको छ । तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको हो । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गाैतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्ने सहमती भएको हो ।

आर्थिक मामिला तथा याेजना मन्त्रालयमा सभामुखबाट मंगलबार राजीनामा दिएका गाैतम , जवेगुलाई भाैतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयकाे जिम्मेवारी दिने सहमति भएको हो ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेकाे उनले बताए । मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here