माछापुच्छ्रेले गत आर्थिक वर्ष २०७९-८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्बजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।यो आघिल्लो बर्षको भन्दा ९.७५ प्रतिशतले बढी हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ बढी रहेको छ। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ।
बैंकको सञ्चालन मुनाफा २ अर्ब ६९ करोड रुपैयाँ रहेकोे छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ।
बैंकको रिजर्भको आकार २४.०२ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड रहेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.१२ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८२ करोड ३२ हजार रुपैयाँ भएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.४४ रुपैयाँ थियो।
पीई रेसियो १२.८४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ रहेको छ।