29.5 C
Nepal
Tuesday, March 25, 2025

भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपालमा पनि मुल्य बढ्न सक्ने

भारत सरकारले कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने करलाई बढाएको छ ।

भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो । जसअनुसार यसअघि १६ सय भारतीय रुपैयाँ रहेको कर अब ४ हजार २५० रुपैयाँ प्रतिटन पुगेको छ ।

भारत सरकारले कर बढाएसँगै भारतबाट निर्यात हुने डिजेलमा पनि कर लाग्ने भएको छ । यसअघि निर्यातमा लाग्ने शुल्क शून्य रहेको डिजेलमा अब प्रतिलिटर एक भारतीय रुपैयाँ लाग्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रोयटर्सकाअनुसार अगस्ट १ गतेदेखि यो कर लागु हुनेछ । पेट्रोल र हवाई इन्धनको निर्यातमा भने कुनै पनि शुल्क बढाइएको छैन ।

डिजेलको निर्यात शुल्कमा प्रति लिटर १ रुपैयाँ भएको शुल्कले भारतीय उपभोक्तालाई फरक नपर्ने भए पनि भारतबाट निर्यात भएर पुग्ने गन्तव्य मुलुकका उपभोक्तालाई भने यसले असर गर्नेछ ।

नेपालले भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले कर बढाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । -एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here