घोराही सिमेन्टको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखी निरन्तर घट्दो छ । कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यो कम्पनिले भर्खरै आइपिओ जारी गरेको थियो ।
कम्पनीका अनुसार आर्थिक मन्दीले बजारमा माग कम हुँदा व्यापार घटेको हो । सन् २००७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको घोराही सिमेन्टले अन्य उध्योगलाई क्लिंकर पनि बिक्री गर्दै आएको छ ।
कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ८ लाख ४० हजार मेट्रिक टन क्लिंकर र ६ लाख २० हजार ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।
कम्पनीले क्लिंकर उत्पादनको क्षमता ९ लाख ५७ हजार मेट्रिक टन र ग्रान्डिङ सिमेन्ट ४ लाख २० हजार मेट्रिक क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ ।
कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ , सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको , सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख, गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।यसलाई हेर्दा कम्पनीको व्यापार सन् २०२३ मा झनै व्यापार घटेको तथ्यांकले देखाउँछ ।
कम्पनीले सन् २०२२ मा १९.५२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १५.७६ प्रतिशत र सन् २०२० मा १०.९९ प्रतिशतले नाफा कमाएको थियो ।
कम्पनीले उद्योग विस्तारका लागि १० अर्ब ५४ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब ३ करोड ७५ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड २४ लाख रुपैयाँको रेटिङ पाएको छ । कम्पनिले एथ्री प्लस रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट रेटिङ गराएको हो