21.9 C
Nepal
Sunday, February 9, 2025

हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गर्न लागिएको हो ।

कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ गाउँपालिकाले सातवटै वडाका वितरण गरेको छ ।

गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।

गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु वस्तुको उपचार गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here