18.7 C
Nepal
Monday, October 7, 2024

प्रतिकित्ता मूल्य ५० रूपैयाँमा साउन ४ गतेदेखि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट

इन्भेष्टमेन्ट कम्पनीले नेपालमै पहिलाे पटक साधारण सेयर निष्कासन गर्ने भएकाे छ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गते साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हाे । कम्पनीले पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।मुल्य भने उक्त आईपीओकाे प्रतिकित्ता ५० रूपैयाँ ताेकिएकाे छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणाङ्कको आधारमा दिनु पर्नेछ । आईपीओ बाँडफाँड गर्दा पनि न्युनतम २० कित्ता नै बाँडफाँड हुनेछ। यद्यपी सबै आवेदकलाई न्युनतम २० कित्ता आईपीओ बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

आबेदन सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
सर्बसाधारणका लागि भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेपछि निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here