27.1 C
Nepal
Tuesday, October 22, 2024

  नागरिकता बिधेयकमा कडा- राष्ट्रपती  संविधानसम्मत कदम चाल्छु

नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुगेका थिए ।

उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाएका थिए, ‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ हुँदैन ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here