22.8 C
Nepal
Monday, February 10, 2025

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पायो

नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। 

राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। 

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। 

यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here