22 C
Nepal
Monday, February 17, 2025

अब लगानीकर्ताले घोराही सिमेन्टमा रोकिएको रकम झिक्न के गर्नु पर्छ ?

धितोपत्र बोर्डले घोराही सिमेन्टमा आवेदन दिएर स्वीकृत भइसकेका आवेदन समेत लगानीकर्ताले चाहेमा रद्द गर्न वा लगानी थपघट गर्न सक्ने व्यवस्था गरिदिएको छ।

अब लगानिकर्ताले रकम फिर्ता गर्न चाहेमा खाता रहेको बैंकलाई फोन गरेर वा आँफै बैंकमा गएर आफ्नो होल्ड भएको रकम खुल्ला गर्न भन्नु पर्ने छ ।

हालसम्म ३ अर्ब ६१ करोड रकम स्वीकृत भएर होल्ड भएर बसेको छ ।

लगानीकर्ताले लगानी परिवर्तन गर्न वा झिक्न भने आफ्नो रकम रहेको बैंकलाई जानकारी गराउनु पर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए।

बैंक आँफैले रकम फिर्ता गरिदिदैन । त्यसका लागि लगानीकर्ताले बैंकलाई आग्रह गर्नुपर्नेछ । ईडिट गर्न चाहेमा बैंकले खुला गरिदिएपछि मात्रै ‘मेरो सेयर’ एप्लिकेशनमा गएर गर्न सक्छन्।

‘लगानीकर्ताले अहिले नै आफैँले मेरो सेयर खातामा गएर आवेदन संशोधन गर्न मिल्दैन, त्योभन्दा अघि आफ्नो रकम रहेको बैंकलाई रकम खुला गर्न भन्नुपर्छ। त्यसपछि भने आफैँले संशोधन गर्न सक्छन्।’

बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले लगानीकर्तालाई यस्तो संशोधनको लागि तीन दिनको समय दिन समेत भनेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here