13.3 C
Nepal
Monday, March 24, 2025

संसद्‍मा दाहालको चौतर्फी विरोध- रघुजी भन्छन प्रधानमन्त्री भन्न नै लाज लाग्ने भयो

बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगायतका दलहरूले संसद्‍मा आपत्ति जनाएका छन् ।
एमाले नेता रघुजि पन्तले प्रचन्डलाई प्रधानमन्त्री भन्न आफुलाई लाज लागेको बताएका छन ।

एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोएको भन्दै उनले देशको गरिमा मेटेको टिप्पणी गरे । ‘सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै !,’ सांसद पन्तले भने, ‘नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?’

केही दिनअघि भारतीय प्रितम सिंहका विषयमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा दाहालको कडा विरोध भएको हो ।

सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका थिए । यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताएका थिए ।

राजनीतिक वृत्तमा प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भनेसी चौतफी बिरोध जारी छ ।

पन्तले संसद्‍ बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद्‍ बैठक अवरुद्ध भयो ।

बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध गरिएको हो ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए ।

दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाएका थिए । त्यसपछी सबै साम्सद उठेर बिरोध गरेसी बैठक रोकिएको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here