17.2 C
Nepal
Friday, October 25, 2024

घोराही सिमेन्टको आइपिओ फेरि खुला हुने, लगानीकर्ताले रकम झिक्न वा थपघट गर्न मिल्ने

धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओ पुनः खोल्न सकिने व्यवस्था गरिदिएको छ।

पहिला आबेदन दिएकाहरुले आफ्नो पैसा झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने भएका छन ।

त्यसपछी सात दिन समय आइपिओको लागि म्याद थपिएको छ ।

बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ।

बोर्डले कम्पनीको आइपिओमा आफ्नो खातामा भएकोभन्दा धेरै रकमको आवेदन हालेकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ।

बोर्डले अनुसन्धानका लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।

हाललाई आइपिओ खुला गरेपनी अनुसन्धान जारी रहेको जनाएको छ ।

कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो।

कम्पनीको रेटिङ गरेको केयर रेटिङ र सेयर प्रत्याभूतिकर्ताको रुपमा रहेको नागरिक लगानी कोषमाथि पनि धितोपत्र बोर्डले अनुसन्धान अगाडि बढाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहे पनि सेयर प्रत्याभूतिकर्ताको काम नागरिक लगानी कोषले गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here