21.9 C
Nepal
Sunday, February 9, 2025

मार्केट सेक्युरिटिजलाई धितोपत्र बोर्डले गर्‍यो कारबाही, रु १० लाख जरिवाना

मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कारबाही गरेको छ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ।

मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here