19.3 C
Nepal
Wednesday, September 18, 2024

प्रधानमन्त्रीको बोली खतरानाक भन्दै एमालेले डाक्यो संसदीय दलको बैठक

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । एमालेले यसलाई देशको बेइज्जत भएको जनाएको छ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पट- पटक दिल्ली गएको खुलाएका थिए ।

एउटा देशको प्रधानमन्त्री बन्न अर्को देशको सहयोग लिनु उचित मानिन्न ।

पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक सिंहदरबारमा राख्दै छ ।

‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’

ती नेताले जानकारी दिए अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here