20.7 C
Nepal
Thursday, September 19, 2024

असुरक्षा भएको भन्दै ललितपुरका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

काम गर्न असुरक्षा रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत गएका छन् ।

न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।

‘बाहिर नाराबाजी चलेको छ, हाम्रो नाम लिएर मुर्दावाद भन्न थालेपछि काम गर्ने वातावरण भएन, त्यसैले हामी सर्वोच्च अदालत आयौं’, ललितपुरका एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘यो वातावरण अन्त्य हुनुपर्‍यो र अहिलेको समस्या समाधान हुनुपर्‍यो भनेर सर्वोच्च अदालत आएका हौं ।’

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँग उनीहरुले छलफल गरिरहेका छन् ।

कानून व्यवसायीहरुलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसनले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको घटनालाई लिएर कर्मचारी र कानुनी व्यवसायी आआफ्नै ढंगले आन्दोलनमा उत्रिएका छन् ।

सोमबार कानुन व्यवसायीले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन नै गरेका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here