15.6 C
Nepal
Saturday, October 26, 2024

ललितानिवासको जग्गामा बालेनले तारबार लगाउने – महानगर टोली जग्गा हेर्दै

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेर निरिक्षण गरेको छ ।
महानगरको टोलिले ललिता निवासको जग्गा भित्र बनेको सम्रचना हटाउन समय दिईएको र समय भित्र नहटाए डोजर लगाउने जनाएको छ ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । साथै सिआइबिले पनि अनुसन्धान गरिरहेको छ ।

महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।

महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ ।

‘सार्वजनिक जग्गामा बनेको अस्थायी संरचना जति खाली गरेर अहिले कम्पाउण्डिङ गर्ने र ठूला तथा पक्की संरचनामा अर्को निर्णय गरेर कारबाही गर्ने आदेश भएको छ’ बालुवाटारमा रहेका उनले भने ।

ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ‘उहाँहरुलाई हट्न भनेका छौं, त्यसपछि हामी तारबार लगाउँछौं’, वाग्लेले भने ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here