कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई एमालेमा आउन आग्रह गरेका छन । यदी उनी आए आफू अंकमाल गरेर स्वागत गर्न तयार रहेको बताएका छन ।
राइले हिजो पेल्न छो\द्ने हो भने विश्वासको मत मात्र हैन , एमालेमै आउन तयार रहेको बताएको थिए ।
‘मेरा राजनीति सहयोद्धा लामो समय सँगै राजनीति सँगै गरेको राजेन्द्र राईले भन्नुभयो– सपनामा पनि एमालेकै भएको देख्छु। सपनामा पनि एमालेकै नारा लगाइरहेको देख्छु,’ उनले भने, ‘म अहिले पनि छाती खोलेर, अँगालो मारेर एमालेमा स्वागत गर्न चाहन्छु। आउनुहोस! राजेन्द्रजी, एमाले निर्माणमा यहाँको ठूलो भूमिका छ। हामी विद्यार्थी कालमा धेरै संघर्षहरूमा सँगसँग कुटाइ खाएका छौं। पक्राउ परेका छौं। अहिले पनि नेकपा एमालेभित्र तपाईंको आवश्यकता छ। आउनुहोस, तपाईंलाई अंकमाल गरेर नेकपा एमालेको नेताको हैसियतले तपाईलाई काम गर्ने वातावरण बनाउनेछु।’
बिहीबार राजेन्द्र राईले सपनामा पनि एमालेकै नाममा भाषण गरेको देख्ने बताएका थिए।
कोशी प्रदेशमा अहिले विश्वासको मतको प्रस्तावमाथि मतदान भइरहेको छ।