15.6 C
Nepal
Saturday, October 26, 2024

व्यवसायमा कर्जा प्रवाह गर्दा आधारदरमा २% भन्दाबढी प्रिमियम थपेर ब्याज लिए कारबाही

नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। यो निर्देशनको पालना नगरे कारबाही गर्ने भएको हो ।

गत साउन १८ गते राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीमूलक व्यवसाय एवं उद्यम–व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ।

यदि कसैले उक्त किसिमको कर्जा लिइसकेको अथवा लिने तयारी गरिरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here